कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
सामाजिक विकास कार्यालय
जाजरकोट
नेपालको संविधान अनुसार राज्य शक्तिको प्रयोग तिन तहको सरकारले गर्ने व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय सुर्खेतको मातहतमा रहने गरि प्रदेश सरकारको सामाजिक विकास कार्यालय,दैलेखको स्थापना गरिएको हो।मिति २०७६/०६/१५ गते कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम र बजेट मध्ये शिक्षा, महिला तथा बालबालिका, समाज कल्याण, युवा तथा खेलकुद लगायतका कार्यक्रम सम्बन्धी बजेट कार्यान्वयन गर्ने व्यवस्थाको लागि सामाजिक विकास कार्यालय, दैलेखको स्थापना गरिएको हो।प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्रवाहित सेवालाई जिल्लास्तरमा कार्यान्वयन गर्न सहजता प्रदान गर्नुका साथै सम्बन्धित सबै निकायबाट एकरुपताका साथ जनताले सरल सेवा पाउने अपेक्षाका साथ यस कार्यालयको स्थापना गरिएको हो।